सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० बुँदे सहमतिप्रति माधव नेपाल असन्तुष्ट

२०७८ असार २८, ०७:०६ खबर संवाददाता

काठमाडौं : नेकपा एमालेमा कार्यदलले गरेको १० बुँदे सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन्। सोमबार बिहानै सामाजिक सञ्‍जालमा लेख्‍दै उनले अदालतमा विचाराधिन मुद्धामा एमालेका २३ सांसद एकै ठाउँमा रहेको उल्‍लेख गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ मात्र १० बुँदे सहमति गरेको थियो। जसमा सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने उल्लेख छ। 

नेता नेपालकाे फेसबुक स्टाटस

'हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ' नेता नेपालले लेखेका छन् 'अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या  मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।'

कमेन्ट लोड गर्नुस