सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानसिक अस्पतालका डाक्टर मृत भेटिए

२०७८ असार २८, ०६:१० खबर संवाददाता

काठमाडौंः मानसिक अस्पताल, पाटनका चिकित्सक गेष्ट हाउसमा मृत भेटिएका छन्। डा. सुदीप अर्याल आइतबार बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका हुन्।

गेष्ट हाउसका कर्मचारीहरुले बताएअनुसार उनले आइतबार बिहान मात्र कोठा लिएका थिए । कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए। तर ब्रेकफास्ट लिएर जाँदा खोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। उनको झोलामा ‘सल्फस’ नामक विषादी भेटिएको र शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस