सुदूर नेपाललाई विश्वसँग जोड्दै

कटुवा पेस्तोलसहित एक जना पक्राउ

२०७८ असार २८, ०६:०३ खबर संवाददाता

जनकपुरधामः सिराहामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–४ बाट कटुवा पेस्तोलसहित औरही गाउँपालिका– २ का सुजितकुमार यादवलाई पक्राउ गरेको हो। 

उनको साथबाट कटुवा पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली पनि बरामद भएको जनाइएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस