सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

। फोटो स्रोत ।
२०७५ कार्तिक १८, ०४:०२ खबर संवाददाता

मलामी गएर फर्किंदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से १ त ५४२२ नम्बरंको ट्रयाक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारत र धनगढी सिफारिश गरिएको छ भने सामान्य घाइतेको अस्पतालमै उपचार भइरहेको छ।
रासस 
 
 

कमेन्ट लोड गर्नुस