सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्थानीय तहमा एमालेद्वारा संयोजक र सचिव चयन, क–कसले पाए जिम्मेवारी ?

२०७८ असार २७, ०३:०४ खबर संवाददाता

धनगढी : नेकपा एमालेले कैलालीमा रिक्त रहेका स्थानीय तहमा पदाधिकारी चयन भएका छन्। केन्द्रीय कमिटीको निर्णयअनुसार रिक्त रहेको स्थानमा जिम्मेवारी दिइएको एमालेले जनाएको छ। धनगढी उपमहानगरपालिकामा संयोजक रामचन्द्र जोशी र सचिव प्रेम महरा, गोदावरी नगरपालिकामा संयोजक गोकर्ण भट्ट र सचिव आनन्द भट्ट, गौरीगङ्गा नगरपालिकामा संयोजज शान्ति सिंह र सचिव राजु गुरुङ, घोडाघोडी नगरपालिकामा संयोजक बाधुराम चौधरी र सचिवमा विकास विष्ट चयन भएका छन्।

यस्तै लम्कीचुहा नगरपालिकामा संयोजक तुलासिंह थापा, सचिवमा नवराज विष्ट, टीकापुर नगरपालिकामा संयोजकमा मोहन विक, सचिवमा धुर्वराज खत्री, भजनी नगरपालिकामा संयोजकमा खडक बुढा, सचिवमा राज बुढा, जानकी गाउँपालिकामा संयोजक बवल रावत र सचिव उत्तमचन्द्र चौधरी चयन भइका छन्। 

यस्तै जोशीपुर गाउँपालिकामा संयोजक ओम विनाडी, सचिव रामभराम चौधरी, बर्दगोरीया गाउँपालिकामा संयोजक मधुकर सिजापति, सचिव देवेन्द्र शाही, मोहन्याल गाउँपालिकामा संयोजक पूर्ण साउद, सचिव टेकेन्द्र सिजापति, चुरे गाउँपालिकामा संयोजक चक्र बोगटी, सचिव हर्क धामी, कैलारी गाउँपालिकामा संयोजक अनुपा चौधरी र सचिव गणेश चौधरी चयन भएका छन्।

नयाँ जिम्मेवारी पाउनेहरूमा पूर्वमाओवादीबाट एमाले आएकाहरू पनि छन् भने एमालेभित्र ओली पक्षका मात्रै छन्। कैलालीमा भदौ ५ गते वडा अधिवेशन, १५ गते स्थानीय तह, ३० गते जिल्ला र असोज २३ मा प्रदेश अधिवेशनको मिति तय गरिएको छ। 

कमेन्ट लोड गर्नुस