वडाध्यक्षविरुद्ध जातीय विभेदको मुद्दा दर्ता

जुम्ला: जुम्लामा एक वडाअध्यक्ष विरुद्ध जातीय विभेदको मुद्दा दर्ता भएको छ। सिंजा गाउँपालिका–६ का वडाध्यक्ष कालिबहादुर बुढा तथा उनका छोराले सोही वडाका दलित युवा विवेन्द्र नेपालीमाथि गरेको जातीय विभेद विरुद्धको मुद्दा दर्ता भएको हो।
जुम्लाका दलित युवाहरूको निरन्तरदबाब पछि मात्रै शुक्रबार प्रहरीले मुद्दा दर्ता गरेको युवा भरत नेपालीले बताए।
प्रहरीले दुई दिनसम्म मुद्दा दर्ता गर्न मानेको थिएन।
