सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा छिनछिनमै विद्युत कटौती, स्थानीयलाई सकस

२०७८ असार २७, ०१:५४ खबर संवाददाता

धनगढीः दार्चुलामा छिनछिनमै विद्युत कटौती हुने गरेको पाई्रएको छ। यसरी अनियमित तरिकाले बिजुली आउने र जाने गर्नाले स्थानीय उपभोक्ताहरुलाई भने सकस भएको  छ।

गर्मीयाममा बिद्युत आपूर्ति अनियमित हुदा दार्चुलाबासी हैरान छन्। बत्ति आउने जाने हुँदा काम गर्नै समस्या भएको दार्चुला सदरमुकामका एक व्यवसायी भानसिह धामीले बताए। पटकपटक बिजुली आउने जाने हुँदा विद्युतीय सामग्रीमा समेत बिग्रिने गरेको उनले बताए।

प्राधिकरणको लापरबाहीले समस्या भएको स्थानीयहरुको गुनासो छ। तर, यता नेपाल विद्युत प्राधिकरण दार्चुलाका प्राविधिक कुलदिप सादाले भने प्राबिधिक कारणले समस्या आएको बताएका छन्। 

कमेन्ट लोड गर्नुस