सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिनादेखि बेपत्ता सुजिताको शव शौचालयको ट्याङ्की भित्र भेटियो

२०७८ असार २७, ०१:०१ खबर संवाददाता

जनकपुरधाम: एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी एक महिलाको शव फेला परेको छ। लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन्।

निर्माणाधीन शौचालयको ट्याङ्की भित्र शव गाडिएको प्रहरीले जनाएकाे छ। शवलाई टुक्रा–टुक्रा पारी ट्याङ्की भित्र गाडेर माथिबाट सिमेन्टले प्लास्टर गरिएको छ। प्रहरीले प्लास्टर भत्काएर शव निकाल्ने काम गरिरहेको छ।

सुजिताको हत्या ससुरा पतिराम ठाकुर र देवर रुपेश ठाकुरले गरेको खुलेको छ। हत्या आरोपमा श्रीमान मुकेश र देवर पक्राउ परेका छन् भने ससुरा अझै फरार छन्।

कमेन्ट लोड गर्नुस