अछाममा गर्भवती महिलालाई उपाध्यक्षको 'कोसेली'
अछाम: अछामको रामारोशन गाउँपालिकाकामा गर्भवती महिलालाई उपाध्यक्षले कोसेली वितरण गरेकी छन्। उपाध्यक्ष सरस्वती रावलले महिलाहरुलाई कोसेली वितरण गरेकी हुन्।
रामारोशन गाउँपालिकाका ७ वटै वडाका ४ सय बढी गर्भवती महिलालाई कोसेली वितरण गरिएको बतार्ईएको छ।
गर्भवतीसँग उपाध्यक्षको पोषण कोसेली कार्यक्रम अन्र्तगत गर्भवतीलाई पोषिलो खाना आयोडिन नुन, खाने तेल, विभिन्न सरसफाइका सामाग्री साबुन, ब्रस कोल्केट, निल टक, सेनीटरी प्याड लगायतका सामाग्री प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताईन्।