सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेमिकासहित ३ जनाको हत्या गरी एक प्रेमीले गरे आत्महत्या

फाइल फोटो
फाइल फोटो
२०७८ असार २७, ११:५३ खबर संवाददाता

काठमाडौं: प्रेमिकासहित ३ जनाको हत्या गरी एक प्रेमीले आफूले पनि आत्महत्या गरेका छन्। भारतको मध्यप्रदेशका भानुठाकुरले ७ वर्षदेखी प्रेम गरेकी प्रेमिका बर्खाको गोली हानी हत्या गरेका हुन्।

उनीहरुको सम्बन्धलाई बर्खाको परिवारले नस्वीकारेपछि उनीहरुबीच विवाद भइरहेको थियो। यस्तैमा भानुठाकुरले आफ्नि प्रेमिका बर्खाको घरमै गएर उनको मामाको छोरा र छिमेकीलाई गोली हानी हत्या गरे। त्यसपछि उनले आफूलाई पनि गोली हानी आत्महत्या गरे।

भानुठाकुरले हत्या गर्नुअघि आफ्नो फेसबुकमा एक भिडियो अपलोड गर्दै आफूले सोचेरै यो कदम उठाएको बताएका छन्। भारतीय प्रहरीका अनुसार भिडियोमा उनले बन्दुक कहाँबाट किनेर ल्याएँ भनेर पनि बताएका छन्। प्रहरीले घटनास्थलमा पुगी शव पोस्टमार्टमका लागी पठाएको छ भने थप अनुसन्धान गरिरहेको बताएको छ।


 

कमेन्ट लोड गर्नुस