सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

२०७८ असार २७, १०:०८ खबर संवाददाता

धनगढी : जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ। सुदूरपश्चिमका थोरै स्थानहरुमा मेघ घर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यी क्षेत्रका पहाडी भूभागमा भूक्षय र पहिरोको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस