सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

। फोटो स्रोत ।
२०७८ असार २७, ०८:१७

अर्जेन्टिनाले कोपा अमेरिका–२०२१ को उपाधि जितेको छ। ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जितेको हो।

पहिलो हाफको २२औं मिनेटमा अर्जेन्टिनी फरवार्ड एन्जल डि मारियाले शानदार गोल गर्दै अर्जेन्टिनालाई खेलमा अग्रता दिलाए। ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गरेपनि खेलमा फर्कन सकेन। -एजेन्सी

कमेन्ट लोड गर्नुस