सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाजुको हत्या गरेको आरोपमा साजन सिंह पक्राउ

२०७८ असार २६, ०५:४२ खबर संवाददाता

काठमाडौं : आफ्नै दाजुको हत्या गरेको आरोपमा विराटनगरमा एक युवक पक्राउ परेका छन्। विराटनगर महानगरपालिका ५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा भाइ ३१ वर्षीय साजन सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

गम्भीर घाइते भोलाको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साजनमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस