दार्चुलाका शिक्षकले दिए कोरोना खोपलगायतका माग राख्दै धर्ना

धनगढी: दार्चुलाका शिक्षकहरुले कोरोना खोपलगायतका माग राख्दै शिक्षा विकास तथा समन्वय इकाई दार्चुलामा धर्ना दिएका छन्।
उनीहरुले शुक्रबार जिललाका सम्पूर्ण शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था गरिनुपर्ने, शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको संघीय सरकारको बजेट अनुसारको पारिश्रमिकको व्यवस्था गरिनुपर्नेलगायतका माग राखेर धर्ना दिएका हुन्।
विभिन्न ३४ सूत्रीय मागसहित हिजो देशका ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा तीन घण्टा धर्ना दिने केन्द्रीय कार्यक्रमअनुसार दार्चुलामा पनि धर्ना दिइएको नेपाल शिक्षक महासंघ जिल्ला समिति दार्चुलाले जनाएको छ।
