सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीका ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवा

२०७८ असार २५, १०:३८ खबर संवाददाता

काठमाडौँ: नेपाल प्रहरीका ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवा भएका छन्।

मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले एकजनाको बढुवा, पदस्थापन र ४ जना एआईजीहरुको सरुवा गरेको हो। 

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत हरिबहादुर पालको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको छ। उनको ठाउँमा एआईजी प्रधुम्न कार्कीको सरुवा भएको छ।

निरजबहादुर शाही अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेलको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ। त्यस्तै बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ।
 

कमेन्ट लोड गर्नुस