सुदूर नेपाललाई विश्वसँग जोड्दै

विर्तामोड एमाले अध्यक्षको दुर्घटनामा निधन

फाइल फोटो
फाइल फोटो
२०७८ असार २५, ०९:०७ रासस

झापाः नेकपा (एमाले) विर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईँको आज कार दुर्घटनामा निधन भएको छ। प्रसाईँ ४५ वर्षका थिए। उनले आफैँले चलाएकाे बा १६ च ८१८२ नम्बरको कार भद्रपुर–९ चन्द्रगढीस्थित मेची लोकमार्गमा रहेको देवकोटाको शालिकमा बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएपछि उहाँलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो। चिकित्सकका अनुसार प्रसाईँको आजै निधन भएको छ।

दुर्घटनामा उनको टाउँको, बायाँ खुट्टा र शरीरको भित्री भागमा चोट लागेको चिकित्सकले बताएका छन्। उनकी पत्नी पवित्रा महतरा विर्तामोड नगरपालिकाकी उपप्रमुख छिन्।

मेची प्रादेशिक अस्पतालमा शव परीक्षण जाँचपछि उनको पार्थिव शरीरलाई कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

कमेन्ट लोड गर्नुस