सुदूर नेपाललाई विश्वसँग जोड्दै

फरार प्रतिवादी पक्राउ

२०७८ असार २५, ०७:३६ रासस

तनहुँः जिल्ला प्रहरी कार्यालयले चोरी र लागुऔषध मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ।

चोरी गरेको आरोप प्रमाणित भई फरार रहेका व्यास नगरपालिका–११ फराकचौर निवासी २३ वर्षीय विकास नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। अदालतको विसं २०७७ मङ्सिर ३० गतेको फैसलाले विकासलाई नौ महिना ६ दिन कैद, दुई हजार जरिवाना र रु ६०० क्षतिपूर्ति तोकेको थियो।

त्यसैगरी लागुऔषध मुद्दामा फरार हुँदै आएकी व्यास नगरपालिका–३ निवासी २१ वर्षीय सिम्रन सुनारलाई प्रहरीले पक्राउ गरेको छ। तनहुँ अदालतको विसं २०७७ मङ्सिर ३० गतेको फैसलाले एक महिना तीन दिन कैद, रु दुई हजार जरिवाना र २०० क्षतिपूर्ति सजाय तोकेपछि निज फरार हुँदै आएकी थिइन्।

पक्राउ परेका दुवैलाई कानूनी कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

कमेन्ट लोड गर्नुस