सुदूर नेपाललाई विश्वसँग जोड्दै

फरार अभियुक्त छ महिनापछि पक्राउ

२०७८ असार २५, ०५:३५ रासस

महोत्तरीः बर्दिवासमा एक व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले छुरा प्रहार गरी भागेका अभियुक्त घटनाको छ महिनापछि पक्राउ परेका छन्।

गत पुस २२ गते बर्दिवास–१ स्थित नेहा खाद्य उद्योगमा कार्यरत कामदार रामधारी चौधरीलाई छुरा हानेर भागेका जिल्लाकै रामगोपालपुर नगरपालिका–४ का शत्रुधन राय यादवलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो।

छुरा प्रहारबाट गम्भीर घाइते भएका सर्लाहीको लालबन्दी–३ का स्थायी बासिन्दा चौधरी लामो समयको उपचारपछि निको भएका छन्। यादवले व्यक्तिगत रिसइबीले चौधरीलाई छुरा प्रहार गरेका प्रहरी अनुसन्धानले देखाएको प्रहरी निरीक्षक बलिष्टर सिंहले बताए। उनका अनुसार पक्राउ गरिएका यादवलाई हिरासतमा राखी थप अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढाइएको छ। 

कमेन्ट लोड गर्नुस