सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अन्तरजातीय विवाह गरेकाे जोडी घर पुग्यो, युवतीलाई फिर्ता लगे आफन्तले

२०७८ असार २५, ०३:१६ खबर संवाददाता

धनगढी : कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बस्न बाध्य भनिएको जोडेर घर फर्किएको छ। शुक्रबार युवतीका आफन्तले छलफल गर्ने भन्दै घर बोलाउन आग्रह गरेका थिए।

सोही आग्रहपछि अन्तरजातीय विवाह गरेका कैलालीको भजनी नगरपालिका ७ का प्रकाश विश्वकर्मा र मालती रावल घर फर्किएका थिए। घर पुगेपछि मालतीलाई उनका आफन्तले फिर्ता लगेका छन्।

‘छलफल गर्ने सहमतीपछि हामी घर फर्केका थियौँ। तर घर पुग्नासाथ मालतीलाई जवरजस्ती लगेर गएका छन्। मलाई अहिले इलाका प्रहरी कार्यालय भजनीमा बोलाएका छन्। म गइरहेको छु,’ प्रकाशले दिनेश खवरसंग भने।

उनीहरुले यसअघि गाउँमा कसैले पनि अन्तरजातीय विवाह स्वीकार नगर्ने भन्दै जंगलमै लुकेर बसेका थिए। इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक नरबहादुर साउँदले दुबै पक्षलाई कार्यालयमा बोलाइएको बताए। 
 

कमेन्ट लोड गर्नुस