सुदूर नेपाललाई विश्वसँग जोड्दै

बौलाहा खोलामा एक पुरुषको शव फेला

२०७८ असार २५, ०१:३४ खबर संवाददाता

नवलपरासी: पूर्वि नवलपरासीको बौलाहा खोलामा एक पुरुषको शव फेला परेको छ। दाउरा काट्न जंगल गएका लम्जुङ खुदि घर भई हाल देवचुली नगरपालिका ३ बस्ने वर्ष २७ का बिजय भण्डारी देवचुली नगरपालिका १२ को खोला किनारमा मृत अवस्थामा फेला परेका हुन्।

आज विहान ७ बजेर १५ मिनेट जादाँ स्थानीयले शव फेला पारी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। दाउरा काट्न खोलामा गएका पुरुषमा क्षयरोग समेत रहेकाले मृत्यु भएको हुन सक्ने आंकलन गरिएको छ। शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका प्रहरीको भनाइ छ।

कमेन्ट लोड गर्नुस