सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको नौगाडमा खोला थुनिँयो, बस्ती उच्च जोखिममा

२०७८ असार २५, १२:२४ खबर संवाददाता

दार्चुला: दार्चुलाको नौगाड गाउँपालिका वडा नं ३ मा खारखोला थुनिएको छ। खोलामा आएको बाढीले खारखोला र नौगाड नदीको दोभानमा ड्याम बनेको स्थानीय चन्द्रावती ठगुन्नाले जानकारी दिइन्।

बिहीबार बिहान खोलामा आएका बाढीले ड्याम बनेको हो। ड्यामका कारण नजिकै रहेको बस्ती जोखिममा परेको उनले बताइन्। उनले भनिन् ‘अहिले खोला र नदीको दोभानमा ड्याम बनेको छ। ड्याम खोल्ने प्रयास भएको छैन् । स्थानीयहरु आँफै ड्याम खोल्नका लागि प्रयास गरिरहेका भएपनि सम्भव भएको छैन्।’

नौगाडमा बनेको ड्यामले एक्कासी फुटेमा तलतिरको बस्तीमा समेत जोखिम हुने स्थानीय प्रेमबहादुर ठगुन्नाले बताए। उनले भने ‘ड्यामले नौगाड गाउँपालिका ३ को जामीरमा जोखिम बढाएको छ । ड्याम समयमै नखोलिए तलतिरको बस्ती समेत जोखिममा पर्नेछ।’

खोलामा बाँध बाँधिएर पानीको निकास भएपछि अहिले स्थानीयहरुले आफ्नै प्रयासमा बाँध खोल्ने कार्य गरिरहेका छन्। स्थानीय सरकारले समेत कुनै चासो नदिएको उनीहरुको आरोप छ। 

बाढी र पहिरोका कारण बिहीबार मात्रै दार्चुलाको नौगाडमा तीनजनाको ज्यान गएको थियो।  

कमेन्ट लोड गर्नुस