धनगढी–अत्तरिया ६ लेन सडकको नालीमा सालनालसहितको नवजात शिशु मृत फेला

२०७८ असार २४, ०७:१५
धनगढीः कैलालीमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ।
धनगढी–अत्तरिया ६ लेन सडकअन्तरगत गेटा नजिक नालीमा भर्खरै जन्मिएको शिशु मृत फेला परेको हो। इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक उमेश चन्दले नवजात शिशु मृत फेला परेको बताउँदै घटनास्थलमा टोली पुगेको जानकारी दिए।
मृत अवस्थामा भेटिएको शिशु फाल्ने व्यक्तिको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।


कमेन्ट लोड गर्नुस