सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको माया मेट्रो अस्पतालले गर्‍याे विपन्न बिरामीको निःशुल्क शल्यक्रिया

२०७८ असार २४, ०६:३९ खबर संवाददाता

धनगढीः धनगढीको चटकपुरमा रहेको माया मेट्रो अस्पतालले एक जना विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ। 

अस्पतालले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका १८ वर्षीय अजब सार्कीको एपेन्डिसाइटको निःशुल्क शल्यक्रिया गरिएको हो। 

आर्थिक अवस्था निकै कमजोर रहेका कारण उपचार गर्न समस्या भएका बेला अस्पतालले झण्डै ५५ हजार बराबरको उपचार खर्च मिनाहा गरेको अजबका दाई निर्मल सिंह एसकेले बताए।

अजबका हजुरबुवा बिरूवा सार्कीले पैसा नभएर नातीको उपचार गर्न नसकिरहेका बेला अस्पतालले निःशुल्क उपचार गरेर आफ्नो नातीलाई बचाएको भन्दै खुशी व्यक्त गरे।

कमेन्ट लोड गर्नुस