सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनियमित विद्युत कटौतीबारे कैलाली प्रशासनमा छलफल, भए २ निर्णय

२०७८ असार २४, ०५:५० खबर संवाददाता

धनगढी: कैलालीमा भइरहेको अनियमित विद्युत कटौतीबारे जिल्ला प्रशासन कार्यालयमा छलफल भएका छ। बुधबार भएको उक्त छलफलपछि २ वटा निर्णय भएका छन्। 

सर्वसाधारणले गुनासो गरेको आधारमा विद्युत प्राधिकरणको ‘नो लाइट’ नम्बर नउठ्ने समस्याबारे छलफल भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनले आगामी दिनमा प्राधिकरणले उक्त फोन नम्बरमा आएका सम्पूर्ण फोन उठाउने र त्यसका लागि २४सैं घण्टा कर्मचारी खटाउने निर्णय भएको बताए। 

यस्तै छिनछिनमा बिजुली जाने समस्याको कारण पत्ता लगाई बिग्रिएका उपकरण मर्मतका लागि समन्व्य गर्ने निर्णय समेत भएको छ। जसका लागि प्राधिकरणले उक्त समस्याबारे जिल्ला प्रशासन र धनगढीलाई जानकारी गराउने र दुवै कार्यालयले समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयमा अनुरोध गर्ने सहमति भएको सूचना अधिकारी जोशीले बताए। 

उक्त छलफलमा प्रमुख जिल्ला अधिकारी खगेन्दप्रसाद रिजाल, धनगढीका नगरप्रमुख नृपबहादुर ओड, धनगढी विद्युत प्राधिकरणका प्रमुख सुरेन्द्र चौधरी, अत्तरिया ग्रिडका प्रमुख तथा विभिन्न रानीतिक दलका प्रतिनिधीको सहभागिता रहेको थियो। 

कमेन्ट लोड गर्नुस