सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरो : थप एक जनाको मृत्यु, एक घाइते

२०७८ असार २४, ०१:४८ खबर संवाददाता

धनगढी: दार्चुलामा आएको पहिरोमा परि थप एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाढ गाउँपालिका–३मा घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।

यसअघि पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको थियो। उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको दार्चुला प्रहरीका डिएसपी मनोहर भट्टले बताए। पहिरोमा परेर नौगाढ गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना पनि सामान्य घाइते भएको उनले बताए।

कमेन्ट लोड गर्नुस