सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोमा पुरिएर एक बेपत्ता

फाइल फोटो
फाइल फोटो
२०७८ असार २४, ११:३३ रासस

दमौली: तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्।  

ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए। श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उहाँलाई माथिबाट पहिरा खस्दा पुरेको हो। “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने। बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन्।

डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध

पहिरो हटाएर सञ्चालनमा आएको डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ। बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो। बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको जानकारी दिए। 

गत मङ्गलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो। डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर जाने सडक शनिबारदेखि आंशिक रुपमा सञ्चालनमा ल्याइएको थियो।

पृथ्वीराजमार्गको डुम्रेदेखि सात किमीको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरा झरेर अवरुद्ध भएको छ। पहिरोले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छन्। पहिराले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु¥याएको छ।
 

कमेन्ट लोड गर्नुस