सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मृत फेला परेका बालकको हत्या आशंका, एसपी अधिकारी घटनास्थलमा

२०७८ असार २४, १०:१९ खबर संवाददाता

धनगढी : कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का पाँच वर्षीय बालकको हत्या आशंका गरिएको छ। तीन दिनसम्म बेपत्ता रहेका बालकको इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले खोजतलास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा शव फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘घटनास्थल हेर्दा घटना घटाइएको जस्तो देखिन्छ। हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौ। आज दिउसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छाै।’ बालक हराएपछि सोमबार राति नै घटनास्थलमा पुगेका एसपी अधिकारी मंगलबार दिनभरी अनुसन्धानमा आफैँ खटिएका थिए। 

मंगलबार राति धनगढी फर्किएका उनी शव फेला परेपछि फेरि टीकापुर पुगेका छन्। उनको गृहनगर पनि टीकापुर हो। सोमवार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदी नाता पर्ने १५ वर्षीय बालिकासँगै गएका दिलीप विष्टका पाँच वर्षे छोरा विवेक विष्टको शव फेला परेको थियो। 
 

कमेन्ट लोड गर्नुस