कैलालीमा बालकको शव भेटियो

२०७८ असार २३, ०६:२३
धनगढी: कैलालीको टीकापुरमा एक बालकको शव फेला फेला परेको छ। अन्दाजी ३/४ वर्षीय बालकको शव जमरा कुलोको किनारमा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
टीकापुरमै एक बालक सोमबारदेखि बेपत्ता छन्। टीकापुर नगरपालिका १ ब्लक नं. ८ का पाँच वर्षीय बालक बेपत्ता भएका हुन्।
सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै जामुन खान दिदीसँगै गएका दिलीप विष्टका पाँच वर्षीय छोरा विवेक विष्ट बेपत्ता भएका थिए।


कमेन्ट लोड गर्नुस