सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले कार्यदलको बैठक सहमतिउन्मुख, भोलिसम्म टुंगो लाग्ने

फाइल फोटो
फाइल फोटो
२०७८ असार २३, ०२:०६ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको छलफल विवाद समाधानउन्मुख भएको बताइएको छ। छलफल सकारात्मक र सहमति उन्मुख भएकाले भोलीसम्म टुंगो लाग्ने कार्यदलका सदस्य तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

तीन दिनदेखि बसिरहेको कार्यदलको बैठकले एमाले विभाजन रोक्ने विषयमा छलफल गरिरहेको छ । बुधबार छलफलपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेता ज्ञवालीले छलफल सहमतिउन्मुख भएको जानकारी दिए। सबै विषयहरु टुंग्याएर भोलिसम्म टुंगो लाग्ने उनको भनाइ छ।

उनले भने, ‘अहिलेसम्मको छलफल सकारात्मक नै छ। भोलिसम्म टुंगो लाग्ने छ। कार्यदलका सदस्यहरुले शीर्ष नेताहरुसँग नि कुराकानी गरिहनुभएको छ।’

अहिले सिंह दरबारमा बैठक जारी छ। सर्वोच्चको फैसला आउनुअघि नै एमाले एकता गर्नुपर्ने दवाव कार्यदललाई छ। बिहीबार साँझ उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि कार्यदल ब्यूँतिएको थियो। 

वार्ता निष्कर्षमा पुगेपछि भने संयुक्त विज्ञप्ति जारी हुनेछ। ज्ञवालीले भोलिसम्म टुंगो लाग्ने बताउँदै सहमति भएपछि दुवै शीर्ष नेताको तर्फबाट विज्ञप्ति आउन सक्ने संकेत गरे। 

यस्तै मंगलबार भने यता कार्यदलको बैठक चलिरहेकै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। सोमबार विपक्षी गठबन्धनले राखेको बैठकमा नेता नेपाल गएका थिएनन्।

कार्यदल क्रियाशील भएपछि विपक्षी गठबन्धनमा दवाव बढेको छ। केहीगरी माधव नेपाल ओलीसँग मिले भने गठबन्धनले अहिलेसम्म गरेका संघर्षका कार्यक्रमहरु निष्प्रभावी हुने डरका कारण प्रचण्ड नेपाललाई फकाउन हिजो काटेश्वर पुगेका हुन्। 

कमेन्ट लोड गर्नुस