सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मुख्यमन्त्री कृषि तथा पशुपन्छी विकास कार्यक्रम अलपत्र

२०७८ असार २३, १२:३१ खबर संवाददाता

धनगढी: अछाममा कृषि तथा पशुपन्छी विकास कार्यक्रमको काम अलपत्र बनेको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री कृर्षी तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गतको बाख्राको खोर निर्माणको काम अलपत्र बनेको हो।

गाउँपालिका र भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्र अछामले उक्त आयोजनाको अनुगमन गर्दै पालिकाका वडा नम्बर ३, ५ र ६मा  खोर निर्माणको काम अलपत्र अवस्थामा रहेको बताएको छ। मङ्गलवार गाउँपालिका र पशुसेवा विज्ञ केन्द्र अछामले संयुक्त अनुगमन गरेका थिए।

सो कार्यक्रमको २ जना कृषकले मात्रै खोर निर्माण गरेको पाईएको छ। अन्य कृषकले कामको प्रक्रियासमेत नथालेको बताईएको छ। काम समेत नथालेका र भर्खरै काम थालेका किसानले भुक्तानी नपाउने पालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस