धनगढीमा साइकललाई ठक्कर दिएर स्कुटर चालक फरार

२०७८ असार २३, ०९:४९
धनगढी: धनगढीमा स्कुटरले साइकललाई ठक्कर दिँदा साइकल चालक घाइते भएका छन्।
बुधबार धनगढी उप महानगरपालिका -३ स्थित होन्डा सोरुम नजिक नम्बर नखुलेको स्कुटरले साइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ। स्कुटरसहित चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाइते साइकल चालक धनगढी उप महानगरपालिका -३ कै ६७ वर्षीय मानसिंह महराको माया मेट्रो अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए।


कमेन्ट लोड गर्नुस