सुदूर नेपाललाई विश्वसँग जोड्दै

कप्तान दिपेन्द्र सिंह ऐरी चम्किएपछि धनगढीको रोमाञ्चक जित

२०७५ कार्तिक १६, ०४:२३ खबर संवाददाता

कप्तान दीपन्द्रसिंह ऐरीले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरी अविजित ४९ रनको विष्फोटक व्याटिङ गरेपछि एक्सपर्ट धनगढी ब्लुजले रोमाञ्चक जित हात पारेको छ । उत्कृष्ट सुरुवात गरेपनि विचमा धरमराएको पारी सम्हाल्दै कप्तानी पारी खेलेपछि धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ । एक सय ४५ रनको विजय लक्ष्य सहित मैदान उत्र्रिएको धनगढीले ८ विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो । कप्तान दीपेन्द्रको ईनिङ्सपछि धनगढीले १ बल अगाडि १४८ रन बनाउँदै लक्ष्य पुरा गरेको हो । धनगढीलाई अन्तिम ओभरमा १५ रन चाहिने अवस्थामा दीपेन्द्र एक्लैले महबुब आलमको ओभरमा १६ रन प्रहार गर्दै आफ्नो टीमलाई जिताएका हुन् । धनगढीका लागि पिटर ट्रेगोले ५३ र सुविन्दु पाण्डेयले २२ रन बनाए । धनगढीका दीलिपनाथ ४, ड्यानियल लरेन्स ३, सन्दीप जोरा ९, सौरभ खनाल ३, मन्जित श्रेष्ठ १ र कमलसिंह ऐरी शुन्यमा आउट भए । पोखराका रसिद खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । ललित राजवंशी र विक्रम भुसालले २÷२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । खराब सुरुवात गरेको पोखराका लागि रोहित कुमार पौडेलले ३१ रन जोड्दा रबि इन्दर सिंह २८ रन बनाए । यस्तै आसिफ शेखले २३, कप्तान शरद भेषवाकरले १४ तथा मोहमद नाभिदले ११ रन जोडे । पोखराका राशिद खान १५ रनमा अविजित रहदा बिक्रम भुसाल ११ रनमा अविजित रहे । पोखरालाई सस्तैमा रोक्न कमल सिंह ऐरीले १ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए । जितसंगै धनगढीले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । धनगढीले ५ खेलबाट ६ अंक जोडेको छ ।

धनगढी ब्लुज एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसको स्वामित्वमा छ । यसका ग्लोबल प्रवन्ध निर्देशक एवम् मालिक सन्जिव शर्मा र बद्री अर्याल रहेका छन् । टीम प्रशिक्षकमा मनोज कटुवाल र टीम व्यवस्थापकमा सुवाश प्रधान रहेका छन् । यसको शाखा धनगढीमा रहेकोले यो क्षेत्रलाई चिनाउनका लागि धनगढीकै नाम आउने गरी एक्सपर्ट धनगढी ब्लुजको नामवाट प्रतियोगितामा सहभागीता जनाएको धनगढीका निर्देशक दिपेन्द्र चौधरीले जानकारी दिए । एक्सपर्ट धनगढी ब्लुजलाई एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको मुख्य प्रायोजन र एजुकेशन सेन्टर अफ अष्ट्रेलिया सह प्रायोजन गरेका छन् । 
 

कमेन्ट लोड गर्नुस