धनगढीमा रेड पाण्डाको छालासहित २ जना पक्राउ

धनगढीः धनगढीमा दुर्लभ रेड पाण्डाको छालासहित २ जना पक्राउ परेका छन्।
प्रहरीले कैलालीको धनगढी उपमहागरपालिका–४ स्थित बोराडाडीमा रहेको पण्डित वर्कशपबाट भारतको लखिमपुर मोतीहारी केशरिया घर भएका मोटर वर्कशपका सञ्चालक ४१ वर्षीय गगनदेव पण्डित र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३८ वर्षीय मुकेश भट्ट पक्राउ परेका हुन्।
दुवैलाई रेडपाण्डाको छालासहित संघीय प्रहरी इकाई कञ्चनपुरबाट सादा पोशाकमा खटिएको टोली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको संघीय प्रहरी इकाई कञ्चनपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहले बताए।

