सुदूर नेपाललाई विश्वसँग जोड्दै

४५१ छात्रछात्रालाई शैक्षिक सामग्री

२०७८ असार २२, ०५:३६ रासस

भक्तपुर: नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र रहेका छ सामुदायिक विद्यालयका एक हजार ४५१ छात्रछात्रालाई स्कूल ब्याग, शैक्षिक सामग्री तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेाक छन्।

राष्ट्रिय अपाङ्ता पुनःस्थापना समाजका तर्फबाट आज मध्यपुरथिमि नगरपालिका बोडेस्थित बोडे माध्यामिक विद्यालय, नगदेशस्थित गणेश माध्यामिक विद्यालयमा पुगेर शैक्षिक सामग्रीसहित झोला छात्रछात्रालाई हस्तान्तरण गरिएको हो।

निवर्तमान सांसद बस्नेतले बोडे माविका २६४, निलबाराही प्राविका ९३, हिमालय प्राविका ५४, गणेश माविका ६९५, आदर्श मावि सानोठिमीका ३२४ र आधारभूत प्राविका २१ जना विद्यार्थीलाई एक हजार ८३७ बराबरको झोलासहित शैक्षिक र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

चाइना फाउण्डेन फर पोभिट्रि एलिभेसनको आर्थिक सहयोगमा समाजको संयोजनमा विद्यार्थीलाई शैक्षिक एवं स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेको हो। पूर्वमन्त्री बस्नेतले सुगमताभित्र पछाडि परेको मध्यपुरथिमिको बोडे र नगदेशलाई भक्तपुर क्षेत्र नं २ भित्र पारेपछि अहिले विकासको मूल प्रवाह भएको बताए।

शहरी क्षेत्रका विद्यार्थीलाई केही चाहिँदैन भन्ने मानसिकता गलत हो भन्दै पूर्वमन्त्री बस्नेतले सरकारी र सामुदायिक विद्यालयमा आधारभूत वर्ग र मजदूरका बालबच्चा अध्ययन गर्ने भएकाले सहयोग आवश्यक रहने औँल्याए।

 

कमेन्ट लोड गर्नुस