सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पुनर्बहाली भएका वडाध्यक्षको स्वागत

२०७८ असार २२, ०२:३६ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्टको पद अदालतले थमौती गरिदिएपछि उनको स्वागत गरिएको छ। पद थमौतीपछि फेरि काममा फर्किएका उनलाई मंगलबार नगरपालिकाको वडा कार्यलयमा आयोजित एक कार्यक्रममा स्वागत गरिएको हो। जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधी र स्थानीयले कार्यकाल सफलताको शुभकामनासहित स्वागत गरेका हुन्। 

वडा कार्यलयमा पुगेर नगरपालिकाका मेयर हरिसिंह साउँद, उपमेयर रत्ना कडायत, नगरपालिकाका कार्यकारी प्रमुख देवराज जोशी, नेकपा एमालेका नगर अध्यक्ष गोकर्ण भट्ट, नेपाली काँग्रेसका नेता गोपाल भट्ट लगायतकाले अध्यक्ष भट्टलाई टिका र खादा लगाएर शुभकामना दिएका हुन्।

माओवादी केन्द्रबाट चुनाव जितेका उनलाई एमालेको प्रवेश गरेको भन्दै पद गुमेको थियो। तर सर्वच्चो अदालतले अन्तरिम आदेशमार्फत पद थमौती गरिदिएको हो। 
 

कमेन्ट लोड गर्नुस