सुदूर नेपाललाई विश्वसँग जोड्दै

मल नपाएपछि किसानको प्रश्न :प्रदेश सरकारको काम दलाली गर्ने मात्र हो ?

२०७५ कार्तिक १६, ०१:२४ कमल सावद

सुदूरपश्चिममा मलको अभाव भएपछि किसान तथा सहरकारी संस्थाहरु आन्दोलित भएका छन्। मसुरो, तोरी तथा गहुँ छर्नका लागि रासायनिक मल नपाएपछि किसान र मल वितरण गर्दै आएका सहकारी सस्थाहरु आन्दोलित भएका हुन्। उनीहरुले कृषि सामाग्री कम्पनी लिमिटेडको कार्यालय धनगढीमा तालाबन्दी पनि गरेका छन्।

उनीहरुले सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडी नाराबाजी समेत गरेका छन्। प्रदेशको मन्त्रालय किसानको मलको समस्याको बिषयमा गम्भिर नभएको भन्दै प्रदेश सरकारको काम बिचमा दलाली गर्ने मात्र हो वा मलको समस्या समाधान गर्ने पनि हो भनेर किसानहरुले प्रश्न पनि गरेका छन्। 

प्रदेश सरकारले मलको बिषयमा गुनासो राख्दा बेवास्ता गरेको भन्दै किसान आक्रोशीत पनि भएका छन्। कैलारी गाँउपालिका वडा नम्बर १ का निम्नप्रसाद चौधरीले भने, कृषि सामाग्रीमा प्रत्येक दिन आउने गरेका छौ मलको लागि, प्रत्येक दिन भैरहवामा मल भएको भन्दै फर्काउने गरेका छन्। उनिहरुले ‘मल उपलब्ध गराउ’, ‘किसान जिन्दावाद’, ‘ठग ठेकादार चाँहिदैन्’ लगायतका नारा समेत लगाए। मल उपलब्ध गराउन माग गदैँ मन्त्रालय पुगेका सहरकारी सञ्चालकहरुले मल उपलब्ध नगराए थप आन्दोलनका कार्यक्रम समेत गर्ने चेतवना दिए। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस