कालिकोटमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

२०७८ असार २२, १२:५५
काठमाडौं : कालिकोटमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको रासकोट नगरपालिका–६ कालापानीमा सेरादेखि सानीघाट जाँदै गरेको क१ज ३३ नम्बरको जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा नम्बर ३ का ३६ वर्षीय पम्फा फडेरा रहेका छन्।
घाइतेको उपचारका लागि अस्पतालतर्फ पठाइएको छ।



कमेन्ट लोड गर्नुस