सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ्गमा गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार

२०७८ असार २२, ०५:५६ खबर संवाददाता

बझाङ्ग : बझाङ्गमा  एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको साइपाल गाउपालीका वडा नम्बर २ धलौन की २५ बर्षीया हिमा बिकको  हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। 

धलौन सामुदायीक स्वास्थ्य चौकीमा लगीएकी गर्भवति महिला बिकलाइ ३ दिन देखी लगातार बेथा लागको र स्वास्थ्यमा बढि समस्या देखीए पछि सोमवार दिउसो  हेलीकोप्टर मार्फत सुर्खेत रिफर गरिएको साइपाल गाउपालीका अध्यक्ष राजेन्द्र धामीले बताए। 

महिलाको स्वास्थ्यमा समस्या देखीएको भन्दै गाउपालीका बाट सीफारीस आएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उनको उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए। 

गर्भवती महिलाका श्रीमानको पहिले नै मृत्यु भएको र आर्थीक अवस्था कमजोर रहेको भन्दै उपचारको लागी गाँउपालीका अध्यक्ष धामीले व्यक्तिगत १० हजार सहयोग गरेका छन्। साथै उचारमा लाग्ने बाकी खर्च समेत गाउपालीका र वडा कार्यालयले व्यहोर्ने धामीले बताए। 
 

कमेन्ट लोड गर्नुस