मानव सेवा आश्रमलाई सहयोग

धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन्।
धनगढी ४ निवासी अनिशा अग्रवाल र विकाश सिङ्घल (अग्रवाल) ले आफ्नो छोरी भुमि सिङ्घल (अग्रवाल) को जन्मदिनको अवसरमा आश्रमलाई ७ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन्।
यस्तै धनगढी ५ तारानगर निवासी निला झाले आफ्नो स्वर्गीय आमा लक्ष्मी झाको पुण्यतिथीको अवसरमा आश्रमलाई ५ हजार २१० रुपैँया बराबरको खाद्यान्न सहयोग गरेकी हुन्।
यस्तै धनगढी ४ बसपार्क निवासी तिलक चन्द खतिवडा र सबिता खतिवडाले २६ औँ बिवाह वर्षगाँठको अवसरमा ३ हजार रुपैँया सहयोग गरेका छन्।
यसैगरी धनगढी ४ बसपार्क निवासी सुवाश चौलागाई र कोपिला कुँवर चौलागाईले स्वर्गीय आमा चन्द्रमाया चौलागाईको पुण्यतिथीको अवसरमा आश्रममा रहेका बेसाहाराहरुलाई दिउँसोको खाजा सेवाको निमित्त दहि र जेरि सयोग गरेको आश्रमले जनाएको छ।

