सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस नेता कुँवरको निधन

। फोटो स्रोत ।
२०७८ असार २१, ०७:३९ रासस

गण्डकी: ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ।

कोरोना सङ्क्रमणका कारण काठमाडौँमा उपचार गराइरहनुभएका उनमा कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन।

कुँवरको ६८ वर्षको उमेरमा उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए। कुवँर यसअघिको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी थिए।

 

 

कमेन्ट लोड गर्नुस