अछाम साक्षर जिल्ला घोषणा

अछाम: सुदूरपश्चिमको दुर्गम मानिने अछाम जिल्लालाई आज साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लाका ९५ प्रतिशत बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै साक्षरता अभियान जिल्ला समन्वय समिति अछामले साक्षर जिल्ला घोषणा गरेको हो।
एक औपचारिक कार्यक्रमका बिच जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताईएको छ। सोमवार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मान बहादुर खड्काले जिल्ला सदरमुकाम मंगलसैनमा आयोजित उक्त कार्यक्रममा अछामलाई साक्षर जिल्ला घोषणा गरेका हुन्।


