सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल र स्कुटर ठोकिँदा एकको मृत्यु

२०७८ असार २१, ०५:४० रासस

 

काठमाण्डौँ: काठमाण्डौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ।

काठमाण्डौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साझ मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा सङ्लग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस