ब्याटको तुलना छिमेकीकी श्रीमतीसँग गरेका दिनेश कार्तिकले मागे माफी
काठमाडौं : कमेन्ट्रीको क्रममा ब्याटको तुलना छिमेकीकी श्रीमतीसँग गरेका भारतीय विकेटकिपर तथा ब्याट्सम्यान दिनेश कार्तिकले माफी मागेका छन्। श्रीलंका र इङल्याण्डबीचको एकदिवसीयमा कमेन्ट्री गर्ने क्रममा उनले उक्त कुरा बोलेका थिए।
उक्त कुरालाई लिएर निकै आलोचना भएपछि माफी माग्दै उनले त्यो कारणले आफूले आमा र श्रीमतीको निकै गाली र कुटाइसमेत समेत खाएको बताएका छन्।
कमेन्ट्रीका क्रममा कार्तिकले भनेका थिए ‘ब्याट्सम्यानले ब्याट मन नपराउने कुरा चलिरहन्छ। धेरैजसो ब्याट्सम्यानलाई आफ्नो ब्याट मन पर्दैन। उनीहरुलाई अरुको ब्याट धेरै मन पर्छ। ब्याट छिमेकीकी श्रीमती जस्तै हो। अरुको ब्याटले ब्याट्सम्यान राम्रो महसुस गर्छन्।’