केपी ओलीको विरोधमा सांसदले देखाए 'कालो क्याप टोपी'

काठमाडौँ: केपी शर्मा ओलीको विरोधमा राष्ट्रिय सभामा सांसदले कालो टोपी देखाएका छन्। सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले कालो टोपी देखाएका हुन्।
सरकारको विरोधमा सदनमा कालो झण्डा देखाउन नमिल्ने भएकाले आफूले कालो क्याप देखाएको सांसद रायमाझीले प्रष्टोक्तिसमेत दिएका छन्। कालो टोपी देखाउँदै उनले भने,'सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमको विरोधमा सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु।'


