सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनाग्रस्त क्षेत्र बन्दै निर्माणाधिन ६ लेन सडक

२०७५ कार्तिक १६, ०९:४७ खबर संवाददाता

निर्माणाधिन मोहनापुल–अत्तरिया ६ लेन सडक दुर्घटनाग्रस्त क्षेत्र बन्न थालेको छ। ६ लेन सडक अन्तरगत निर्माण भइरहेका डाइभर्सनमा दुर्घटना बढ्दै गएका छन्। डाईभर्सन निर्माणमा ढिलाई हुँदा दुर्घटना बढ्दै गएका हुन्। ६ लेन सडक निर्माण सुरु भएपछि सवारी दुर्घटनामा परि धेरैले ज्यान गुमाईसकेका छन् भने धेरै घाईते पनि भएका छन्। 

विहिवार राती पनि ६ लेन सडक अन्तरगत बोराडाँडीमा निर्माण भईरहेको डाईभर्सनमा मोटरसाईकल खस्दा एक जना घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ७ मोतीचोकका ३४ बर्षिय चन्द्र कोराल दुर्घटनामा परि घाईते भएका हुन्। उनको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ। टाउको र खुट्टामा चोट लागेको सेती अञ्चल अस्पतालका ईमर्जेन्सी वार्डका ईन्चार्ज कृष्ण बोहराले बताए। 

यसअघि एक जिप डाईभर्सनमा खस्दा ४ जना भारतीय नागरीक घाइते भएका थिए। निर्माणमा भईरहेको ढिलाईका कारण ६ लेन सडकका डाइभर्सन र खाल्डाखुल्डीमा दुर्घटना भइरहेका छन्। 
 

कमेन्ट लोड गर्नुस