सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा भएको परीक्षणमा थप १७ जनामा कोरोना

२०७८ असार २१, ०२:१६ खबर संवाददाता

धनगढीः सोमबार सेती प्रादेशिक अस्पतालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा १११ जनाको नमुना परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। 

पछिल्लो २४ घण्टामा अस्पतालबाट ६ जना संक्रमित डिस्चार्ज भएका छन्।

हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना संक्रमित आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
 

कमेन्ट लोड गर्नुस