सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुरुषहरूले गुगलमा खोज्ने अनौठो तथ्य पत्ता लाग्यो

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ असार २१, १०:५० खबर संवाददाता

काठमाडौंः सूचना प्रविधिको यो युगमा मानिसहरुका लागि गुगल दैनिकी जस्तै बनेको छ। स साना जानकारीहरुका लागि समेत हामीहरु गुगलमा निर्भर भएका छौं। कसैले केही कुरा सोध्यो भने त्यसको जवाफ दिनुअघि हामी गुगलमा सर्च गर्न थाल्दछौं।

पुरुषहरुको स्वास्थ्यका विषयमा अनलाइन परामर्श दिने वेबसाइट  frommars.com ले गरेको एक अध्ययनमा गुगल सर्चकै माध्यमबाट पुरुषहरुको मनको कुरा जान्ने प्रयास गरियो। उक्त अध्ययनले पुरुषहरुले गुगलमा सबैभन्दा धेरै खोजी गर्ने पाँचवटा विषय पत्ता लगाएको छ।

जुन यसप्रकार छन्ः

यौनांगको उत्तेजना - पुरुषहरु आफ्नो यौनिकता तथा यौन क्षमताको विषयलाई लिएर निकै सोँचमग्न तथा चिन्तित हुन्छन्। उक्त अध्ययनका क्रममा गुगल सर्चमा धेरै पुरुषहरुले लिंगमा उत्तेजना कम हुनुका कारणका विषयमा अत्यधिक खोजी गर्ने गरेको पाइएको छ। 

कमजोर उत्तेजना नपुंशकताको संकेत हो कि होइन? भन्ने प्रश्नको जवाफ पुरुषहरुले गुगल सर्चमा निकै खोज्ने गरेका छन्। 

उनीहरु नपुंशकताको लक्षणका साथै आफु पनि कतै नपुंशक त छैन भन्ने कुरा जान्न चाहन्छन् गुगलको सहारा लिएर। अध्ययनको क्रममा विश्लेषण गरिएका मध्ये ६८ हजार ६ सय जना पुरुषले गुगल सर्चमा यो विषयको खोजी गरेका थिए।

दाह्रीको चिन्ता - पुरुषहरु आफ्नो स्वास्थ्यका साथसाथै आफ्नो पुरुषसत्व देखाउने दाह्रीप्रति पनि निकै संवेदनशील र चिन्तित हुने गरेको पाइएको छ। 

के दाह्री खौरिँदा अर्थात् सेभिङ गर्नाले अनुहारमा बढि रौं पलाउँछन्? भन्ने प्रश्नको जवाफ गुगल सर्चमा अत्यधिक खोजी गर्ने गरेको पाइएको छ। यो विषयको खोजी गर्ने पुरुषको संख्या ६८ हजार ४ सय थियो।


स्तन क्यान्सर - महिलाहरुमा स्तन क्यान्सर आम समस्याको रुपमा रहेको छ। तर आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहेका धेरै पुरुषहरुले आफुलाई पनि स्तन क्यान्सर हुन सक्दछ वा सक्दैन भन्ने कुरा जान्न चाहन्छन्। 

गुगल सर्चमा पुरुषहरुले पुरुष स्तन क्यान्सरको बारेमा पनि अत्यधिक खोजी गरेको पाइएको छ। स्मरण रहोस् पुरुषमा हुने स्तन क्यान्सर अरु क्यान्सरको तुलनामा निकै फरक छ।  ६० वर्षमाथिका केही पुरुषहरुमा यो समस्या देखिने गरेको छ। 

कूल ६१ हजार २ सय जनाले गुगल सर्चमा यस विषयमा खोजी गरेको अध्ययनका क्रममा पाइयो।

कपाल कसरी झर्दछ ? - पुरुषहरुले गुगल सर्चमा अत्यधिक खोजी गर्ने केही विषयहरु निकै रोचक पनि छन्। पुरुषहरु जान्न चाहन्छन् कि के चुल्ठी बाट्नाले वा टोपी लगाउनाले कपाल झर्न सक्दछ ? कपालको चिन्ता गरेर गुगलको सहारा लिनेहरु ५२ हजार २ सय जना थिए।

व्यायाम र प्रोटिन - कतिपय पुरुषहरु आफ्नो फिटनेसलाई लिएर निकै चिन्तित हुन्छन्। उनीहरु व्यायाम गरे लगत्तै प्रोटिनयुक्त खानेकुरा खानु पर्छ कि पर्दैन भन्ने कुरा जान्न चाहन्छन्। यदि प्रोटिन खानुपर्दछ भने कस्तो प्रोटिन खाने? भन्ने कुरा पनि उनीहरुले गुगलमा सर्च गरिरहेका हुन्छन्।

अध्ययनका क्रममा ५१ हजार जना पुरुषले उल्लेखित सवालको जवाफ गुगलमा खोज्ने प्रयत्न गरेका छन्। एजेन्सी 

कमेन्ट लोड गर्नुस