सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्याक्टरसँग मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ असार २१, ०८:३४ खबर संवाददाता

धनगढीः धनगढीमा ट्याक्टरसँग मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

धनगढी उप–महानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय रुपलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। 

आइतबार वडा नम्बर १७ स्थित दमौलीयाबाट चौमाला जाँदै गरेको से ६ प ४६८९ नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको से २ त ३७८९ नम्बरको ट्याक्टको पछाडी ठोक्किँदा दुर्घटना भएको थियो। 

उक्त दुर्घटनामा परि घाइते भएका चौधरीको पदमा अस्पताल अत्तरियामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस