सुदूर नेपाललाई विश्वसँग जोड्दै

यु–१९ महिला फुटबल टोली सम्मानित

२०७५ कार्तिक १५, ०६:५४ खबर संवाददाता

इङ्लिस प्रिपरेटरी स्कुलले यु–१९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई आज सम्मान गरेको छ। पहिलो सहभागितामै एएफसी यु–१९ महिला च्याम्पियन्सीप छनोटको दोस्रो चरणमा पुगेर इतिहास रचेको भन्दै सो टोलीलाई सम्मान गरेको हो। अघिल्लो साता थाइल्याण्डमा भएको छनोट प्रतियोगितामा नेपाल समूह उपविजेता बनेर अर्को चरणमा प्रवेश गरेको थियो। सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष वृmष्ण थापाले थाइल्याण्डमामा उपलब्धि हासिल गरेको टोलीका खेलाडीलाई जनही रु ५० हजार दिने बताए।
रासस
 
 

कमेन्ट लोड गर्नुस