सेती अस्पतालमा कोरोना परीक्षण शून्य

२०७८ असार २०, ०२:३०
धनगढीः शनिबार सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना परीक्षण शून्यमा झरेको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा कुनै नमुना परीक्षण नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
पछिल्लो २४ घण्टामा अस्पतालबाट २ जना संक्रमित डिस्चार्ज भएका छन् भने थप ३ जना नयाँ संक्रमित भर्ना भएका छन्।
हाल अस्पतालमा १५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।


कमेन्ट लोड गर्नुस